Aamsanchar

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

Author Image
सोमवार, फागुन १८, २०८२

काठमाडौं । इजरायली हवाई आक्रमणमा लेबनानको बेरुतका दक्षिणी उपनगर र दक्षिण लेबनानका क्षेत्रहरूमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

प्रारम्भिक तथ्यांकअनुसार, बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु । ९१ जना घाइते भएका छन् । दक्षिण लेबनानमा ११ जनाको मृत्यु छ । ५८ जना घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेकाले यी तथ्यांकहरू अझै अद्यावधिक हुनसक्ने फाइनान्सियल टाइम्सले जनाएको छ ।

हिजबुल्लाहले इजरायलतर्फ गोलाबारी गरेपछि इजरायली रक्षा बलले हिजबुल्लाहका लक्ष्यहरूमा सम्भावित जवाफी आक्रमण हुनुअघि सर्वसाधारणलाई उक्त क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर