

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ । मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।

उक्त झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे रहेको एसपी चन्दले बताए ।
उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा होली खेलेर बसेका उनीहरू मदिरा समेत सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ ।
Views: 248


