Aamsanchar

उमेदवार सवार गाडीमा शंकास्पद वस्तु फेला

Author Image
बुधवार, फागुन २०, २०८२

वीरगन्ज – पर्साको पर्सागढी नगरपालिका–३ बढनियार चोकमा उमेदवार सवार सवारीमा शंकास्पद वस्तु फेला परेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट पर्साको क्षेत्र न। २ का उमेदवार मनोज चौधरी सवारी गाडी जाँचको क्रममा शंकास्पद वस्तु फेला परेको हो ।

प्रहरीका अनुसार गएराति करिब ११ बजे जाँचका क्रममा चौधरी सवार गाडीको डिक्कीबाट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । उक्त गाडी तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । हाल उक्त गाडी सुरक्षित ठाउँमा लगी सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । उक्त गाडीमा उमेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको नेकपाका नेता बृजलाल पासवानले जानकारी दिए ।

गाडी चालक वीरगन्जको छपकैया निवासी मुन्ना अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर