Aamsanchar

खामेनेईका छोरा बने इरानका सर्वोच्च नेता

Author Image
बुधवार, फागुन २०, २०८२

काठमाडौं – इरानको नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई बनेका छन् । तेहरानस्थित ‘एसेम्बली अफ एक्सपट्र्स’ले ५६ वर्षीय मोजतबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको छ । मोजतबा इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीईका जेठा छोरा हुन् ।

अमेरिका–इजरायलको आक्रमणमा अली खामेनेईको मृत्यु भएपछि इरानमा नयाँ सर्वोच्च नेताबारे अड्कलबाजी भइरहेको थियो । मोजतबालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको समर्थनबाट छानिएको बताइएको छ ।

सञ्चारमाध्यमका अनुसार, मोजतबाको चयन इरानी रिभोलुसनरी गार्ड कोप्र्सको दबाबमा भएको हो । तथापि, इरानको इस्लामिक गणतन्त्रले प्रायः वंशानुगत शासनको आलोचना गर्दै आएको छ । यद्यपि, अली खामेनेईले आफ्ना उत्तराधिकारीहरूको सूचीमा मोजतबाको नाम समावेश नगरेको बताइएको थियो । अर्कातर्फ, इरानको शिया धार्मिक नेतृत्वमा बाबुबाट छोरामा सत्ता हस्तान्तरण हुनुलाई सामान्य रूपमा स्वीकार गरिँदैन ।

Views: 7

प्रतिक्रिया (०)