Aamsanchar

अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्कियो

Author Image
बुधवार, फागुन २०, २०८२

काठमाडौं – सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको (एन–एओएल )दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो ।

जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ । सुर्खेत–काठमाडौं उडान रद्द भएको छ ।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर