Aamsanchar

हेलिकप्टरमार्फत रुकुमपूर्व पुगे प्रचण्ड

Author Image
बिहिवार, फागुन २१, २०८२

काठमाडौं- गृह जिल्ला चितवनमा भोट हालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन् ।

चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा प्रचण्डले आज बिहान मतदान गरेका हुन् ।

चितवनमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत रुकुमपूर्वको सिस्ने-५ कमलदह पुगेका हुन् ।

रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा छन् ।

 

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर