

झापा- भद्रपुरस्थित झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एक जना कारागार प्रमुख गरी १०८ जनाले त्यहाँ समानुपातिकतर्फ मतदान गरेका छन् ।

मतदाताको अन्तिम नामावलीमा १०७ जना कैदी बन्दीको नाम रहेको थियो । कारागारमा शतप्रतिशत मत खसेको कारागार प्रमुख रेवन्त भट्टराईले जानकारी दिए । सर्जमिन मुचुल्का गरी मतपेटिका सिल गरिसकिएको उनले जानकारी दिए ।
सो मतपेटिका बेलुका ५ बजेपछि मात्र ढुवानी गरिने भएको छ । त्यस्तै जिल्लामा कर्मचारी मिलन केन्द्र भद्रपुर र दमक नगरपालिकामा अस्थायी मतदान केन्द्र राखिएको छ ।

Views: 9


