

दाङ – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले अग्रता लिएका छन्। १ हजार ५ मत गणना हुँदा सुवेदीको अग्रता छ ।

सुवेदीले ५०३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काङ्ग्रेसका दीपक गिरीले २८४ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । एमालेका घनश्याम पाण्डेले १३४ मत प्राप्त गरेका छन्।
यसैगरी पाँचकोण तारा चिन्हका धनबहादुर मास्कीले ३८ मत पाएका छन्। अन्य उम्मेदवारहरूले भने न्यून मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार हालसम्म १ हजार ५ मत गणना भइसकेको छन्। जसमा २७ मत बदर भएका छन्।

Views: 19


