

काठमाडौं – काठमाडौं क्षेत्र नं ३ मा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याए। त्यस्तै कांग्रेसका रमेश अर्यालले ६ हजार र एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए।
Views: 61


