Aamsanchar

समानुपातिकतर्फ पनि रास्वपा अगाडि, पुराना दल पछि

Author Image
शुक्रवार, फागुन २२, २०८२

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फजस्तै प्रारम्भिक गणनाअनुसार समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अग्रता लिएको छ ।

अहिलेसम्म देशभर ३१ हजार ८८२ मतगणना हुँदा रास्वपाले १८ हजार ८३० मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ५ हजार ५६० मत र तेस्रोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ८४८ मत पाएको छ ।

अघिल्लो चुनावमा लोकप्रिय मत ल्याएको नेकपा (एमाले)अहिले चौथोमा छ । एमालेले २ हजार १०१ मत पाएको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टी पाँचौँमा रहँदै ७८४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६९१ मत पाएको छ ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर