

गुल्मी –प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् ।

इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको मतगणना सम्पन्न हुँदा उनले अग्रता लिएका हुन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीले अग्रता लिइरहेका थिए । तर इस्मा र मुसिकोटको मतगणना सकिँदा परिणाम उल्टिँदै विष्टले अग्रता लिएका हुन् ।

हालसम्मको मतपरिणाम अनुसार एमालेका विष्टले ७,११५ मत प्राप्त गरेका छन्। रास्वपाका पन्थीले ६,३६० मत पाएका छन् भने नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ५,५९५ मत प्राप्त गरेका छन् ।
यससँगै विष्टले पन्थीलाई ७५५ मतले पछि पार्दै अग्रता कायम गरेका छन् ।
Views: 248


