

धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बैरेनि बजार स्थित पृथ्वीराजमार्गमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा ८२ प २९६५ नं। मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको बा।प्र। ०२-०६४ प ५७८६ नम्बर मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बा।प्र। ०२-०६४ प ५७८६ नम्बर मोटरसाइकल चालक ३९ वर्षीय होम बहादुर तामाङ, घाइते भई बैरेनि अस्पताल पठाइएको छ । बा ८२ प २९६५ नं। मोटरसाइकल चालक, २९ वर्षीय राजु ढुङ्गाना, घटनास्थलमै उनको मृत्यु भएको छ।

प्रहरी चौकी बैरेनि बाट ट्राफिक टोली तत्काल खटिएको र दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ गजुरीका कार्यालय प्रमुख इन्स्पेक्टर शिशिर थापाले बताए।
Views: 323


