काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीृका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीबाट राजिनामा दिएका छन् ।
तीन पटकसम्म निर्वाचनमा पराजय भोगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख छ । उनले पार्टीभित्र राजनीतिक चेत र एजेण्डा प्रभावकारी रूपमा स्थापित हुन नसकेको निष्कर्षसहित दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको बताएका छन्।

मिश्रले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूले धेरै सोचविचार गरेर निर्णय लिएको उल्लेख गरेका हुन्।

उनले देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा जनमत बढ्दो भए पनि त्यसलाई संगठित र राजनीतिक रूपमा पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी बारम्बार असफल भएको बताएका छन्। सो असफलतामा पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले आफू पनि जिम्मेवार रहेको उनको भनाइ छ।
मिश्रले आजैको मितिबाट लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको र अब केही समयका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र अडानहरू सार्वजनिक गर्दै रहने बताएका छन्। राजसंस्था पुनस्र्थापना, सुशासन र राष्ट्रिय हितका मुद्दामा भने आफ्नो अडान यथावत रहने उनले स्पष्ट पारेका छन्।

गत नौ वर्षको राजनीतिक यात्रालाई उतार–चढावपूर्ण रहेको उल्लेख गर्दै उनले आफूले सकेसम्म इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको तर त्यो प्रयास पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्।
त्यस्तै उनले हालै सम्पन्न निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको च्बकतचष्थब क्धबतबलतचब एबचतथलाई बधाई तथा शुभकामना पनि दिएका छन्। साथै उनले नेपाली राजनीति एकोहोरो दिशामा दौडिँदै तातो तावाबाट भुङ्ग्रोमा नपरोस् भन्ने कामना व्यक्त गरेका छन्।



