

इलाम – इलामका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्।

इलाम १ मा एमालेका काजीमान कागते २ हजार ८०३ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निश्कल राई ले २ हजार ५८९ मत प्राप्त गरेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङले २ हजार ५४६ मत पाएका छन् भने रास्वपाका विमल गदालले १ हजार २४४ मत प्राप्त गरेका छन्। नेकपाका रणबहादुर राईले ९६९ मत पाएका छन्।
यस्तै इलाम २ मा एमालेका सुहाङ नेम्बाङ १२ हजार ५७४ मतसहित अग्रस्थानमा छन्। श्रम संस्कृति पार्टीका सुदिप राईले १० हजार ८३६ मतका साथ पछ्यारहेका छन्।

नेपाली कांग्रेसका भेषराज आचार्यले ६ हजार ८७१ मत प्राप्त गरेका छन्। रास्वपाका गोकुलबहादुर राईले ३ हजार ४५१ मत पाएका छन् भने नेकपाका ओमबहादुर गुरुङले ८६७ मत प्राप्त गरेका छन्।
दुवै क्षेत्रमा मतगणना जारी छ।


