Aamsanchar

श्रम संस्कृति पार्टीले खोल्यो खाता

Author Image
आइतवार, फागुन २४, २०८२

सुनसरी – खोटाङबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। पछिल्लो मत परिणाम अनुसार राईले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका राईले १६,६१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११,९५७ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरि रोकाले ९,४४३ मत प्राप्त गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै श्रम संस्कृति पार्टीका कार्यकर्ताले खोटाङका विभिन्न स्थानमा खुसीयाली मनाउन सुरु गरेका छन्।

यता सुनसरीबाट हर्क साम्पाङ पनि विजयीको अन्तिम चरणमा छन्।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर