Aamsanchar

सुनको मूल्य बढ्याे

Author Image
आइतवार, फागुन २४, २०८२

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ

शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ४७५ निर्धारण भएको छ। शुक्रबार पाँच हजार ४४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० अमेरिकी डलर कायम छ। चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्याे सुनकाे मुल्य
मङ्गलवार, फागुन १९, २०८२
सुनको भाउ बढ्याे
सोमवार, फागुन १८, २०८२