Aamsanchar

हर्क साम्पाङको स्टाटसमा बालेनले लेखे यस्ताे प्रतिक्रिया

Author Image
आइतवार, फागुन २४, २०८२

काठमाडौं – सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।

साम्पाङले ‘लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!:’ भन्दै लेखेको स्टाटसमा रास्वपाका वरिष्ठ नेता शाहले प्रतिक्रिया जनाएका हुन् । साम्पाङको स्टाटसमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईलाई सँधै माया थियो, छ र रहन्छ । तपाई र धरानलाई सँधै माया रहन्छ ।’ साम्पाङको अभिव्यक्ति र बालेनको प्रतिक्रियामा अन्यले समेत प्रतिक्रिया जनाएका छन् ।

यसअघि अध्यक्ष साम्पाङले अबको प्रधानमन्त्री रास्वपाबाट बालेन शाह नभई पार्टी सभापति रवि लामिछाने हुनु राम्रो हुने बताएका थिए । अध्यक्ष साम्पाङले संसदमा सांसदले राखको प्रश्नको जवाफ दिने व्यक्ति प्रधानमन्त्री हुनुपर्ने विचार व्यक्त गरेका थिए । पछिल्लो समय सार्वजकि मञ्चबाट मात्र नभई सामाजिक सञ्जालमार्फत श्रम सँस्कृति पार्टीका अध्यक्ष साम्पाङले रास्वपा नेता बालेनको चर्को विरोध गर्दै आएका थिए ।

 

गत भर्दौ २३-२४ को जेनजी विद्रोहदेखि अन्तरिम सरकार गठन समेतका विभिन्न विषयहरुलाई लिएर साम्पाङले बालेनको कडा आलोचना गर्दै आएका थिए । सामाजिक सञ्जालमा सक्रिय साम्पाङले पटक–पटक बालेनका विषयमा आलोचना गर्दै आए पनि बालेनले भने कमै मात्र प्रतिक्रिया दिंदै आएका छन् । विगतमा निकै सुमधुर सम्बन्ध देखिएका बालेन र साम्पाङबीच पछिल्लो समय दूरी बढेको हो।

 

Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर