Aamsanchar

समानुपातिकतर्फको मतगणना गणना जारी, रास्वपाले १९ लाख कटायो

Author Image
आइतवार, फागुन २४, २०८२

काठमाडौँ – यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ ।

समानुपातिकतर्फ आइतबार (फागुन २४)दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ । नेकपा एमालेले पाँच लाख ४४ हजार ८ सय ४३ मत ल्याएको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई लाख ५८ हजार ९ सय ४८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ८३ हजार १ सय २५ मत प्राप्त गरेको छ ।

राष्ट्रिय परिवर्तन पार्टीले ४२ हजार ४ सय ९० मतसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी, नेपालले ४१ हजार ४ सय ३९ मत ल्याएको छ । जनमत पार्टीले २० हजार ८ सय २८ मत ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टीले १७ हजार ८ सय २६ मत ल्याएको छ । त्यसपछि क्रमशः एकल चिह्न चकिया(जाँतो) १७ हजार ५ सय ७१, राष्ट्रिय जनमोर्चा १३ हजार २७६, राष्ट्र निर्माण दल नेपाल १२ हजार १८० नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ११ हजार ७९८, नेपाल जनता संरक्षण पार्टी ९ हजार २९८, प्रगतिशील लोकतान्त्रिक पार्टी ६ हजार ४३९ मंगोल नेसनल अर्गनाइजेसनको ६ हजार ३८७ मत ल्याएको छ । आयोगका अनुसार समानुपातिक तर्फ हालसम्म ३८ लाख ३४ हजार ४३४ मतगणना गरिएको छ ।

 

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर