Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
सोमवार, फागुन २५, २०८२

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२