Aamsanchar

झापा–५ मा एमालेले कति पायो समानुपातिक मत ?

Author Image
सोमवार, फागुन २५, २०८२

झापा –  झापा–५ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो शक्ति बनेको छ। सोमबार सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार उक्त क्षेत्रमा रास्वपाले ६२ हजार २५८ मत प्राप्त गर्दै स्पष्ट अग्रता हासिल गरेको हो।

समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) रहेको छ। एमालेले १७ हजार ६२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टी ले १० हजार ६७३ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कांग्रेस ले ४ हजार ७६२ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी ले १ हजार ९८७ मत पाएको छ। राष्ट्रिय जनमोर्चा ले ८ मत मात्रै प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

झापा क्षेत्र नम्बर ५ मा कुल १ लाख ७ हजार २०१ मत गणना गरिएको थियो। त्यसमध्ये २ हजार ९ सय १२ मत बदर भएको बताइएको छ।
यसअघि सोही क्षेत्रमा प्रत्यक्षतर्फ पनि बालेन्द्र शाह विजयी भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता शाहले अत्यधिक मतसहित विजय हासिल गर्दै केपी शर्मा ओली लाई पराजित गरेका हुन्।

केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का अध्यक्ष तथा चार पटकका प्रधानमन्त्रीसमेत हुन्। तर यसपटकको निर्वाचनमा भने उनी झापा–५ बाट करिब ५० हजार मतान्तरले पराजित भएका छन्।

Views: 1118

प्रतिक्रिया (०)

सम्बन्धित खबर