Aamsanchar

गगन थापाको राजीनामा तयारी, विश्वप्रकाशको सुझाव !

Author Image
सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि विकसित राजनीतिक परिस्थितिका बीच नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने प्रस्ताव राखेका छन् ।सभापति थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गर्दै आफूले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन तयार रहेको बताएका हुन् ।

निर्वाचन परिणामपछि पार्टीभित्र समीक्षा र आत्ममूल्याङ्कनको आवश्यकता रहेको उल्लेख गर्दै थापाले नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए । तर उपसभापति शर्मा भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । उनले अहिलेको अवस्थामा पार्टीलाई स्थिर बनाउँदै समग्र चुनावी परिणामको विस्तृत समीक्षा गरेपछि मात्रै आवश्यक निर्णय लिन उचित हुने बताएका छन् ।

शर्माले निर्वाचनको परिणामलाई लिएर भावनात्मक निर्णय नगर्न आग्रह गर्दै अहिलेको अवस्थामा नेतृत्वले संयमता देखाउनुपर्ने धारणा राखेका थिए । निर्वाचन परिणामपछि नेपाली कांग्रेसभित्र आन्तरिक समीक्षा र नेतृत्वको भूमिकाबारे विभिन्न स्तरमा छलफल भइरहेको छ ।

Views: 11

प्रतिक्रिया (०)