Aamsanchar

देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई राप्रपाको सुझाव

Author Image
मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ । यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्, त्यो पश्चाताप देशले थेग्न सक्ने छैन– रास्वपालाई बधाई, रबीजीलाई बधाई, बालेनजीलाई बधाई ।’

 

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर