

काठमाडौँ – कैलालीमा छतबाट खस्दा एक प्रहरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो।

मृतक चदारा बझाङको तलकोट गाउँपालिका- १ का स्थायी बासिन्दा हुन्। यो घटना हिजो राति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
Views: 15


