Aamsanchar

माटोको ढिस्कोले पुरिएर १६ वर्षीया किशोरीको मृत्यु

Author Image
मङ्गलवार, फागुन २६, २०८२

डोटी – डोटीमा एक किशोरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका(२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिनाको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

Views: 60

प्रतिक्रिया (०)