Aamsanchar

डा. बाबुराम भट्टराई भोलि भारत जाने

Author Image
मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् ।

नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा १२, १३ र १४ मा उक्त समिट हुँदैछ । उक्त समिटमा ‘गेस्ट अफ अनर’ को रुपमा भट्टराई सहभागी हुन लागेका हुन् ।

आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् ।

साथै, विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् ।

विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।

उक्त सत्रमा मार्च १४ मा भट्टराईले ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको सत्रमा बोल्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

उनी मार्च १४ मा स्वदेश फर्कनेछन् ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर