Aamsanchar

आजको मौसम

Author Image
बुधवार, फागुन २७, २०८२

काठमाडौं- नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानमा तुवाँलो रहनेछ।

आज कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग र मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२
शनिबारसम्म मौसम सफा रहने
मङ्गलवार, फागुन १९, २०८२