Aamsanchar

बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङका एक युवक पक्राउ

Author Image
बुधवार, फागुन २७, २०८२

ताप्लेजुङ –  बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पाँचथर हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई पाथीभरा याङवरकमा बस्दै आएका २१ वर्षीय छुप्पु हेम्वया पक्राउ परेका हुन्।

उनले खेतको बालीनाली छेक्न बानएको पासोमा परेका बाँदरलाई थुनेर कुकुर लगाएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। उक्त भिडियोमा बाँदरलाई तड्पाइ तड्पाइ यातना दिएको देखिन्छ। भिडियोमा अरु थुप्रै बाँदर समेत देखिन्छन्।

त्यसमध्ये केही डराई रहेको देखिन्छ। पशु अधिकारकर्मीलगायतका संघसंस्थाले गुनासो गरेपछि प्रहरीले ती युवकको खोजी गरेको थियो। यही क्रमा उनी पक्राउ परेका हुन्।

यो घटना प्रतिनिधिसभाको निर्वाचन अघि भए पनि मिति यकिन भएको छैन । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पक्राउ परेका युवकमाथि कानुनी प्रकृया अघि बढाइने बताए ।

Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर