Aamsanchar

धरानमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी

Author Image
बुधवार, फागुन २७, २०८२

झापा- धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी हुँदा तीन पूर्ण रूपमा र तीनमा आंशिक क्षति पुगेको छ।
डीएसपी चन्द्र खड्काका अनुसार आगलागीको कारण प्रारम्भिक अनुसन्धानमा तार सर्ट भएर लागेको देखिएको छ र कुनै शंकास्पद गतिविधि भेटिएको छैन।
को। १ ख ६२७४ नम्बरको बसबाट आगो सुरु भएको थियो जुन बसमा एक महिनाअघि पनि आगलागी भएको थियो र राति ९ बजेतिर ग्यारेजमा प्रवेश गरेको थियो।
२७ फागुन, विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए । उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ ।

उनका अनुसार को। १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र। १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा। ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।

को। १ ख ३८४७ नम्बरको सुपर मादेन, बा। ५ ख ५८१४ बस, र बा। ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।

डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन । बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ उनले भने, ‘सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो । ‘विराटनगर धरान रुटमा चल्ने ६२७४ नम्बरको बसमा पहिले पनि आगलागी भएको रहेछ, सुरुमा सोही बस जलेको देखिन्छ,’ डीएसपी खड्काले भने, ‘यो बस राति ९ बजेतिर पार्किङका लागि ग्यारेजमा प्रवेश गरेको देखिन्छ, साढे ९ बजेबाट आगलागी सुरु भयो, प्रहरीलाई जानकारी करिब १० बजे मात्रै पुगेको छ ।’

 

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर