

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ।

सर्वोच्च अदालतमा बुधवार मुद्दा दर्ता भएको र आउँदो चैत १ गतेलाई पेशी तोकिएको छ।
जेनजी आन्दोलनपति प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दामा न्यायाधिशविरूद्ध बोलेको भन्दै अवहेलनामा मुद्दा दर्ता भएको हो। अधिवक्ता लबन न्यौपानेले मुद्दा दर्ता गरेका हुन्।

एक कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीशलगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी बोलेका रिट निवेदनमा उल्लेख छ।
Views: 24


