Aamsanchar

टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाललाई दुई लाख ५६ हजार अमेरिकी डलर पुरस्कार

Author Image
बुधवार, फागुन २७, २०८२

काठमाडौँ- भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर(करिब तीन करोड ७७ लाख ५७ हजार रुपियाँ) पुरस्कार पाएको छ ।

आइसिसीले बुधबार विश्वकपमा सहभागि खेलाडीलाई प्रदान गर्ने पुरस्कार स्वरुप नेपाललाई उक्त रकम प्रदानको घोषणा गरेको हो । नेपालसँगै इटाली, युएई र नेदरल्यान्डले पनि समान रकम पाएका छन् ।

आइसिसीकाअनुसार कूल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विश्वकप विजेता भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

यस्तै उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६०२ र तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ अमेरिकी डलर प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेको इङ्गल्यान्डले नौ लाख ७४ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

यस्तै सुपर आठमा पुगेको वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २६९, पाकिस्तानले पाँच लाख २२ हजार ६९२, जिम्बावेले चार लाख ९१ हजार ५३८ र श्रीलङ्काले चार लाख ७५ हजार ९६२ अमेरिकी डलर पाएको छ ।

समूह चरणबाट बाहिरिएको अफगानिस्तान, अष्ट्रेलिया र अमेरिकाले समान तीन लाख नौ हजार ८०८ अमेरिकी डलर पाएको छ । यस्तै स्कटल्यान्डले दुई लाख ७८ हजार ६५४ र आयरल्यान्डले दुई लाख ७१ हजार ७३१ अमेरिकी डलर पाएको छ ।

क्यानडा, नामिबिया र ओमानले भने समान दुई लाख २५ हजार अमेरिकी डलर पाएको छ । २० टोली सहभागि विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

 

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर