

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।

ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा अस्पतालमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।

Views: 69


