Aamsanchar

इरानद्वारा दुबईका बैंक र वित्तीय क्षेत्रमा हमला

Author Image
शुक्रवार, फागुन २९, २०८२

काठमाडौं – इरानले अब दुबईका बैंक र वित्तीय ठेगानाहरूलाई निसाना बनाउन सुरु गरेको छ । बिहीबार ड्रोनमार्फत दुबईको वित्तीय क्षेत्रमा हमला गरिएको हो ।

बिहीबार यस क्षेत्रमा एउटा ड्रोन खसे पनि यसबाट कोही पनि घाइते नभएको बताइएको छ । तर, यसले जारी युद्धको असर अब दुबईको व्यापार र बैंकिङ क्षेत्रमा पनि पर्ने संकेत गरेको छ । इरानले अमेरिका र इजरायलको आक्रमणको जवाफमा आफूले पश्चिमी बैंकहरूलाई निसाना बनाउने बताएको छ ।

बैंकहरूमा पारेको प्रभाव र सुरक्षा कदम
अमेरिकी बैंक ‘सिटीबैंक’ ले संयुक्त अरब इमिरेट्स ९यूएई० मा रहेका आफ्ना अधिकांश शाखाहरू अस्थायी रूपमा बन्द गरिरहेको छ । कर्मचारीहरूले अहिले टाढैबाट काम गरिरहेको बताएको छ ।यस क्षेत्रका अन्य धेरै बैंक र व्यवसायहरूले पनि यस्तै कदम चालिसकेका बताइएको छ ।

बिहीबार बिहान जब ड्रोन दुबईको आकाशमा उडिरहेको थियो, तब कुनै पनि खतराको सूचना जारी नभएकाले इरानका मिसाइल वा ड्रोनहरू राडारको पकडबाट बच्न सक्ने संकेत गर्ने बताइएको समाचारमा उल्लेख छ ।

ट्रम्पको दाबी र वास्तविक धरातल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार जितनजिकै रहेको दाबी गरिरहेका छन् । तर, इरानले अमेरिका र उसका खाडी सहयोगी राष्ट्रहरूलाई आर्थिक र अन्य माध्यमबाट क्षति पुर्‍याइरहेको छ । यी देशहरू अहिले त्यस्तो युद्धमा घेरिएका छन्, जसको सुरुआत ट्रम्पले गरेका थिए ।

इरानले पश्चिमका महत्वपूर्ण क्षेत्रहरूलाई क्षति पुर्‍याउन विभिन्न दिशाबाट आक्रमण गरिरहेको छ । यस अन्तर्गत तेल, ढुवानी र बैंकिङ क्षेत्रलाई विशेष निसाना बनाइएको छ । दुबई पनि ती ठाउँहरूमध्ये एक हो, जुन अहिले इरानी हमलाको जोखिममा छ ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर