Aamsanchar

सुनको भाउ घट्यो

Author Image
शुक्रवार, फागुन २९, २०८२

काठमाडौं –  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ। आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार ४९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, फागुन २८, २०८२
सुनको मूल्य
मङ्गलवार, फागुन २६, २०८२