Aamsanchar

काठले च्याप्दा ७५ वर्षीय ओलीको मृत्यु

Author Image
शुक्रवार, फागुन २९, २०८२

रुकुम पश्चिम – जिल्लाको मुसिकोट नगरपालिका- ११ मा काठले च्याप्दा शुक्रबार एकजनाको मृत्यु भएको छ।

वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो।

काठको गोलिया पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए।

Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर