Aamsanchar

को हुन् दिनेश पोखरेल ? किन दिए एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी ?

Author Image
शुक्रवार, फागुन २९, २०८२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा संस्थाको नेतृत्वमा पुग्ने आकांक्षासहित विभिन्न व्यक्तिहरू मैदानमा उत्रिएका छन्। तीमध्ये अहिले चर्चा कमाइरहेका नाम हुन्– दिनेश पोखरेल। भोगाइ र गराइले खारिएका, मिलनसार र सरल स्वभावका पोखरेललाई धेरैले अव्वल उम्मेदवार का रूपमा हेर्न थालेका छन्। अष्ट्रेलियामा बसोबास गर्दै आएका पोखरेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौँमा मार्च १४ देखि १६ तारिखसम्म हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै उनले उम्मेदवारी दर्ता गरेका हुन्। अनुभवले खारिएको नेतृत्व पोखरेल लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन्। एन आर एन ए अष्ट्रेलियाको प्रवक्ता, उपाध्यक्ष (न्यू साउथ वेल्स संयोजक), सल्लाहकार हुदै हाल उनी एन आर एन ए ओसियाना क्षेत्रीय संयोजकको जिम्मेवारीमा रहेर अष्ट्रेलिया , न्यूजीलैण्ड, पपुवा न्यू गिनी लगायत ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायका मुद्दा, समस्या र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। प्रवासी नेपालीको एकता, सहकार्य र संस्थागत सुदृढीकरणका पक्षमा उनले गरेको कामका कारण धेरै नेपाली समुदायमा उनको पहिचान स्थापित भएको छ।

भोगाइ र गराइले खारिएको नेतृत्व शैलीका कारण उनलाई धेरैले प्रेरणादायी व्यक्तित्वका रूपमा पनि हेर्ने गरेका छन्। संस्थालाई एक ढिक्का बनाउने लक्ष्य पोखरेलका अनुसार एनआरएनए अहिले विश्वभर फैलिएको ठूलो संस्था भए पनि अझै पनि एकता, समन्वय र प्रभावकारी कार्यान्वयनको आवश्यकता छ। यही सोचका साथ उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले भनेका छन — “एनआरएनएलाई अझ एकताबद्ध, सक्रिय र परिणाममुखी बनाउन नेतृत्वको आवश्यकता छ। संस्थालाई एक ढिक्का बनाउँदै विश्वभरका नेपालीहरूको साझा शक्ति बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको हुँ।” झापाली समुदायबाट विश्वसम्म दिनेश पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष पनि हुन्।

हाल उनी सो संस्थामा संरक्षकको भूमिकामा रहेर विश्वभर रहेका झापाली समुदायलाई संगठित गर्ने कार्यमा सक्रिय छन्। नेपालबाट बाहिर बसे पनि आफ्नो जिल्ला, समाज र समुदायसँगको सम्बन्धलाई बलियो बनाउने काममा उनले निरन्तर पहल गर्दै आएका छन्। भविष्यप्रति सचेत नेतृत्व पोखरेललाई चिन्नेहरू भन्छन्— उनी वर्तमान मात्र होइन, भविष्यप्रति सचेत नेतृत्व हुन्। संस्थागत विकास, प्रवासी नेपालीको अधिकार, नेपालसँगको सम्बन्ध सुदृढीकरण र युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिने सोच उनको विशेषता मानिन्छ।

मिलनसार, सरल स्वभाव र सबैलाई समेटेर अघि बढ्ने शैलीका कारण पनि उनले विभिन्न देशमा रहेका नेपाली समुदायबीच राम्रो सम्बन्ध बनाएका छन्। के भन्छन् पोखरेल ? पोखरेलले आगामी महाधिवेशनबाट आफू निर्वाचित भए एनआरएनएलाई थप सशक्त, एकताबद्ध र परिणाममुखी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार एनआरएनए केवल प्रवासी नेपालीहरूको संगठन मात्र होइन, विश्वभर रहेका नेपालीहरूको साझा आवाज बन्ने संस्थाका रूपमा अझ मजबुत बनाउनु अहिलेको आवश्यकता हो। महाधिवेशन नजिकिँदै जाँदा अहिले प्रश्न उठ्न थालेको छ— के भोगाइ र अनुभवले खारिएको नेतृत्वका रूपमा दिनेश पोखरेल एनआरएनए आइसीसी उपाध्यक्षको दौडमा अव्वल उम्मेदवार बन्न सफल हुन्छन् ? एन आर एन ए अष्ट्रेलिया र ओसियाना क्षेत्रको पूर्ण साथ पाएका पोखरेलको जित सुनिश्चित रहेको एन आर एन ए विश्लेसकहरूको अनुमान छ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर