Aamsanchar

मुक्कुमलुङमा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

Author Image
शनिवार, फागुन ३०, २०८२

फुङलिङ-  प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर(मुक्कुमलुङ)मा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । फागुन महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार फागुन महिनामा भक्तजनहरूले ३१ लाख १० हजार रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

फेदीमा करिब एक सातासम्मको सङ्कलन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैङ्कमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सीसीटीभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ ।

शनिबार सार्वजनिक तथ्याङ्कअनुसार फागुन महिनामा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर