Aamsanchar

कतारबाट घर फर्किन चाहने नेपालीले आवेदन दिन सकिने

Author Image
शनिवार, फागुन ३०, २०८२

काठमाडौं –  कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको ।

दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिनका लागि ‘अपोइमेन्ट बुक’ गर्न दूताबासले आग्रह गरेको छ ।

जसका लागि एजदान मल(अल घराफ)स्थित भिसा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न समेत दूताबासले जानकारी गराएको छ ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर