Aamsanchar

ज्येष्ठ नागरिक र विद्यार्थीको निःशुल्क आँखा जाँच

Author Image
आइतवार, चैत १, २०८२

धनकुटा – डाक्टर रामप्रसाद पोखरेल सामुदायिक आँखा अस्पतालले धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा विद्यार्थीहरूको निःशुल्क आँखा जाँच गरेको छ ।

अस्पतालको टोलीले वृद्धाश्रम परिसरमा सञ्चालन हुँदै आएको विश्रान्ति संस्कृत गुरुकुलका ३७ जना विद्यार्थीको पनि आँखा परीक्षण गरेको हो । जाँच गरिएका विद्यार्थीमध्ये ५ जनालाई चस्मा वितरण गरिएको अस्पतालले जनाएको छ ।

यस्तै विश्रान्ति वृद्धाश्रममा बसोबास गरिरहेका ४५ जना ज्येष्ठ नागरिकको पनि आँखा जाँच गरिएको थियो । परीक्षणका क्रममा ९ जना ज्येष्ठ नागरिकमा मोतियाबिन्दुको समस्या देखिएकाले उनीहरूको शल्यक्रिया गर्न सिफारिस गरिएको छ ।

यस्तै मूलघाटस्थित कौशिका आधारभूत विद्यालयका १ सय ८० जना विद्यार्थीको पनि आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति संघका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाईंका अनुसार विद्यार्थीहरूको आँखा परीक्षणपछि आवश्यक परेकालाई चस्मा वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको निःशुल्क आँखा जाँच कार्यक्रमले समयमै आँखासम्बन्धी समस्या पहिचान गर्न सहयोग पुग्ने गुरागाईंको भनाइ छ ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर