Aamsanchar

लामिछाने विरुद्ध दायर दुई मुद्दामा आज सुनुवाइ हुने

Author Image
सोमवार, चैत २, २०८२

काठमाडौँ । रवि लामिछाने विरुद्ध दायर भएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ।

आइतबारका लागि तोकिएको पेसी हेर्न नभ्याइएपछि इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै सोमबारका लागि सुनुवाइ तय गरेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले उक्त निवेदन हेर्दाहेर्दैमा राखेर सोमबार पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो।

यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले निवेदनलाई नियमित सुनुवाइका लागि आइतबारको पेसी तोक्न आदेश दिएको थियो।महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध दायर गरिएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

सोही निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्। उक्त रिटमाथि सर्वोच्च अदालतले सोमबार सुनुवाइ गर्ने भएकाले यस प्रकरणको आगामी कानुनी प्रक्रिया के मोड लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर