Aamsanchar

सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन

Author Image
सोमवार, चैत २, २०८२

सुर्खेत – सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार सुर्खेत बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र सुर्खेतको लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली २३ फागुनदेखि सम्पर्क विहीन भएका हुन् ।

उनीहरू २३ फागुनमा घरदेखि १७ किलोमिटर दक्षिण तर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका थिए । तर उनीहरू अहिलेसम्म नफर्किएपछि बराहताल गाउँपालिका-२ का आसे महतराले खोजीकार्यका लागि सोमबार प्रहरीलाई जानकारी गराएका हुन् । प्रहरीका अनुसार उनीहरू बेपत्ता भएकाबारे जानकारी गराउने आसे महतरा टोपबहादुर खत्रीका भेनाजु हुन् । सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर