

काठमाडौं – भारतको उत्तरपूर्व क्षेत्रमा आतंककारी गतिविधिमा जोडिएको भन्दै भारतले छ युक्रेनी र एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

भारतीय मिडिया न्यू इण्डियन एक्सप्रेसका अनुसार म्यानमारमा हतियार र ड्रोन तालिम दिनेलाई भारतमा पक्राउ गरिएको हो।
तीन युक्रेनी दिल्ली, तीन लखनउ र एक अमेरिकी कोलकाताबाट पक्राउ परेका छन्। उनीहरू अवैध रूपमा भारतको मिजोरममा छिरेको बताइएको छ। पक्राउ गरिएकाको पहिचान खुलाइएको छैन।

उनीहरूलाई ११ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। रुसी समाचार एजेन्सी स्पुतनिकले पक्राउ गरिएकालाई अमेरिकी गुप्तचर निकाय सीआईएले तालिम दिन पठाएको लेखेको छ।
Views: 20


