Aamsanchar

खोलामा डुबिरहेको अवस्थामा एक व्यक्ति मृत भेटिए

Author Image
मङ्गलवार, चैत ३, २०८२

खोटाङ-  खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र सोही नगरपालिका ४ खाल्लेको सिमानामा रहेको दिखुवा खोलामा सार्की डुबिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिखुवा खोलास्थित निर्वुजे दहमा पुरै कपडासहित घोप्टिरहेको अवस्थामा सार्की मृत भेटिएका हुन् । चैत १ गते मृत भेटिएका सार्कीको पहिचान पश्चात चैत २ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी शुसान्त मिश्रले बताउनुभयो ।

आफन्तका अनुसार खोलामा मृत भेटिएका सार्की बेलाबेलामा केही दिन सम्पर्क विहीन भएर घर फर्कने गरेको मिश्रको भनाइ छ । यस पटक पनि सार्की २÷३ दिनदेखि हराइरहेको पाइएको उहाँले बताउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर