Aamsanchar

चिनियाँ राष्ट्रपतिको किताब जलाएको विषयमा कारबाही अघि बढाउन गृह मन्त्रालयद्वारा प्रहरीलाई निर्देशन

Author Image
मङ्गलवार, चैत ३, २०८२

काठमाडौँ – मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिन पिङको किताब जलाएको विषयमा कारबाही अघि बढाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।

यो घटनामा चीनले दूतावासमार्फत चासो देखाएपछि गृह मन्त्रालयले अनुसन्धान गरी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो।

यसअघि घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृहलाई पत्राचार गरेको थियो ।

यो घटनामा अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ।

गत फागुन ३० गते राति कलेज परिसरमा चिनिया राष्ट्रपतिद्वारा लिखित पुस्तक जलाइरहेको दृश्य सामाजिक सञ्जालमा फैलिएको थियो। यससँगै चीनको दूतावासले चासो राखेको थियो।

Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर