Aamsanchar

पुलिस क्लबले गर्‍यो जय ट्रफीको उपाधि रक्षा

Author Image
बिहिवार, चैत ५, २०८२

काठमाडौं – नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो ।

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका लागि राशिद खानले सर्वाधिक ८१ रन बनाए । कुशल भुर्तेलले ५१ रन बनाए ।

आर्मीका लागि पवन कार्की र शाहब आलमले २-२ विकेट लिँदा आकाश चन्द र भीम सार्कीले एक-एक विकेट लिए ।

दोस्रो दिनको समाप्तिमा १७८ रनको अग्रता बनाएको आर्मीले तेस्रो दिन थप ४८ रन जोडेको थियो । अन्तिम विकेटका लागि आकाश चन्द र ४९ रनको साझेदारी गरेका थिए ।

आर्मीको पहिलो इनिङ स्कोर(२२१)पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर अलआउट भएपछि दोस्रो इनिङ थालेको आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएर अलआउट भएको थियो ।

आर्मीका लागि आकाश चन्दले ३७ रन बनाए । कुशल मल्लले ३६, शाहब आलमले ३३ रन बनाउँदा भीम सार्कीले ३२ रन बनाए । सोमपाल कामी २३ रनमा अविजित रहँदा तृतराज दासले २० तथा इमरान शेखले १५, आकाश चन्दले अविजित १५ रन बनाए ।

पुलिसका लागि सागर ढकालले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले समान ३(३ विकेट लिए ।

त्यसअघि नेपाल पुलिस क्लबले पनि पहिलो इनिङमा ६१.४ ओभर खेलेर २२१ रन बनाउँदै अलआउट भएको थियो । आर्मीले पनि पहिलो इनिङमा २२१ रन बनाएकाले पुलिसलाई कुनै अग्रता हुन सकेन ।

पुलिसका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले सर्वाधिक ७२ रन बनाएर । नआउट रहेका उनले १०९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । करणले नवौँ विकेटका लागि ललित राजवंशीसँग ६२ रनको साझेदारी गरे । कप्तान आरिफ शेखले ४४ रन बनाए । ललित राजवंशीले २०, कुशल भुर्तेलले १८ तथा दिनेश खरेलले १७ रन बनाए ।

आर्मीका सोमपाल कामीले १७ ओभरमा ७२ रन दिएर ५ विकेट लिएका थिए भने आकाश चन्दले २ विकेट लिँदा शाहब आलम, पवन कार्की, नरेन साउदले १(१ विकेट लिए ।

खेलमा आर्मीले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । पहिलो इनिङमा आर्मीले ५८.२ ओभर खेलेर २२१ रन बनाउँदा अलआउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ५० रन बनाए । भीम सार्कीले ३९, कुशल मल्लले ३८, तृतराज दासले ३२ र बसिर अहमदले ३० रन बनाए ।

पुलिसका राशिद खानले ४ विकेट लिँदा करण केसी र ललित राजवंशीले ३-३ विकेट लिए । पुलिसले गत संस्करणको फाइनलमा पनि आर्मीलाई नै हराएर उपाधि जितेको थियो ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर