
प्रतिकात्मक तस्बिर

बिर्तामोड- प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बिहीबार बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट पक्राउ गरेको हो ।

शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरूलाई शङ्का लागेर रोकेर जाँचगर्दा टेम्पोभित्र विभिन्न किसिमका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । फेला परेको सामानमा सारी, कुर्था सुरुवाल, ढाका लगायतका कपडा रहेका छन् ।
अवैध रूपमा भन्सार छलेर करिब ५ लाख रुपियाँ बराबर कपडा ल्याएको हुनसक्ने प्रहरीको भनाइ छ । म.१ ह.६३५५ नं. को टेम्पोको चालक सुबिन्द्र जोेगी र मे.१ ह. ७२९४ नं.को चालक भमदल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Views: 14


