Aamsanchar

रास्वपाले संसदीय दलको नेता छान्न मतदान नगर्ने

Author Image
शुक्रवार, चैत ६, २०८२

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको नेता छान्न मतदान नगर्ने भएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दलको नेता चयनका लागि मतदान नगरी सर्वसम्मत गर्ने तयारी गरिएको हो।

पार्टीका शीर्ष नेताहरुको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्मत चयन गरिने उनले बताए। रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत दलको नेता बनाइने उनले बताए।

रास्वपा प्रवेश गर्ने बेलामै पार्टी सभापति रवि लामिछाने र संसदीय दलको नेता शाह हुने सहमति पनि भएको थियो।

सहमति अनुमोदनका लागि चैत १२ गते केन्द्रीय समितिको बैठक बस्ने तयारी गरिएको छ। त्यसपछि राष्ट्रपतिलाई संसदीय दलको नेता चयनको जानकारी दिएपछि बालेन प्रधानमन्त्री नियुक्त हुनेछन्।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर