Aamsanchar

एसइईको परीक्षा केन्द्र सार्वजनिक गर्न निर्देशन

Author Image
शुक्रवार, चैत ६, २०८२

 

काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय,कक्षा-१० ले माध्यमिक शिक्षा परीक्षा(एसइई)को परीक्षा केन्द्र सार्वजनिक गर्न निर्देशन दिएको छ।

बोर्डले एक सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय एकाईलाई परीक्षा केन्द्र प्रकाशन गर्न निर्देशन दिएको हो। यस वर्षको एसइई परीक्षा यही चैत्र १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ।

‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० का लागि जिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ यस कार्यालयमा पठाइएका परीक्षा केन्द्रहरुको विवरण सम्बन्धित सरोकारवालाहरु सबैको जानकारीका लागि सम्बन्धित जिल्लाहरुको तहाँ एकाइबाटै प्रकाशित गर्नुहुन अनुरोध छ,’सूचनामा उल्लेख छ।

बोर्डका अनुसार उक्त परीक्षामा करिब पाँच लाख विद्यार्थीहरु सहभागी हुँदै छन्।

Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर