Aamsanchar

इरानद्वारा कतारपछि कुवेतको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण

Author Image
शुक्रवार, चैत ६, २०८२

तेरहान – इरानले कतारपछि कुवेतको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ। कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेसनले आफ्नो तेल रिफाइनरीमा धेरै ड्रोन आक्रमणहरू भएको जनाएको छ। हालसम्म कुनै मानवीय क्षतिको खबर भने आएको छैन।

सरकारी समाचार एजेन्सीका अनुसार, मिना अल-अहमदी रिफाइनरीमा आगो लागेको थियो, जसलाई निभाउन आपतकालीन टोलीहरूले निकै मिहिनेत गर्नू परेको थियो। जसका कारण रिफाइनरीका केही युनिटहरू बन्द समेत गर्नुपरेको छ।

बुधबार इजरायलले आफ्नो देशमा रहेको ‘साउथ पार्स ग्यास फिल्ड’मा हवाई हमला गरेपछि इरानले जवाफी कारबाही गरेको छ, जसको प्रत्यक्ष मारमा खाडी मुलुकहरू परेका छन्। इरानले खाडीका मुलुकमा रहेका ऊर्जा पूर्वाधारलाई निसाना बनाइरहेको छ।

 

यसअघि इरानले बुधबार र बिहीबार कतारको रास लाफानमा रहेको ऊर्जा परिसरमा क्षेप्यास्त्र हानेको थियो।

खाडी मुलुकहरू ऊर्जा केन्द्रहरूमा हुने आक्रमणबाट बच्न चाहन्थे, तर युद्धका बीच तिनीहरूका ऊर्जा केन्द्रहरू बारम्बार निशानामा परिरहेका छन्। पवित्र महिना रमजानको अन्त्यमा इद-उल-फित्र मनाइरहँदा पनि युद्ध थमिने कुनै संकेत देखिएको छैन।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर