

काठमाडौं – देशका केही स्थानमा यति बेला (शुक्रबार दिउँसो १ः५० बजे) पानी परिरहेको छ । पश्चिम नेपालका केही भूभागसहितका स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा पनि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ । ललितपुरमा समेत वर्षा भएको छ ।
जलवायुविज्ञ धर्मराज उप्रेतीले पश्चिमी वायुको पानी पार्ने ठूलो प्रणाली पोखरातिर लागेको उल्लेख गरेका छन् । “पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज–दाङ हुँदै बुटवल, पोखरा पुग्दै छ भने काठमाडौंको दक्षिणी भागमा – भैँसेपाटी, गोदावरीमा वर्षा हुन सुरु गरेको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अबको केही घण्टामै यो प्रणाली थप सक्रिय हुने र हावाहुरी, असिनापानी बढ्दै जाने सम्भावना बलियो रहेको उनले औँल्याएका छन् ।
Views: 28


