Aamsanchar

श्रीलंकाले अमेरिकी लडाकु विमान आफ्नो विमानस्थलमा अवतरणको अनुमति दिएन

Author Image
शुक्रवार, चैत ६, २०८२

काठमाडौं –श्रीलंकाले आफ्नो विमानस्थलमा लडाकु विमान अवतरण गर्न गरेको अमेरिकाको अनुरोध अस्वीकार गरेको जनाएको छ । शुक्रबार श्रीलंकाको संसद्मा राष्ट्रपति अनुरा दिसानायकेले आफ्नो देश तटस्थ नीतिलाई कडाइका साथ पालन गर्ने बताउँदै अमेरिकाको अनुरोध अस्वीकार गरेको बताएका छन् ।

श्रीलंकन सञ्चार संस्था डेली मिररको समाचारअनुसार श्रीलंकासँग इरानले तीनवटा जहाज सद्भावना भ्रमणका लागि आउन अनुरोध गरेको र अमेरिकाले मत्ताला विमानस्थलमा आफ्ना दुई लडाकु विमान अवतरण गर्न अनुरोध गरेका थिए । ती दुवै प्रस्ताव अस्वीकार गरेको कुरा राष्ट्रपति दिसानायकेले संसदलाई जानकारी दिएका हुन् ।

‘श्रीलंकाले अमेरिका र इरान दुवैको अनुरोध अस्वीकार गर्दै तटस्थता कायम राखेको छ,’ दिसानायकेले भनेका छन् । उनले कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर